काठमाडौंमा पुनः भूकम्पको धक्का

काठमाडौं । लमजुङको भुलभुलेमा आज बिहान लगातार दुईपटक भूकम्प गएको छ।
लम्जुङको भुलभुले केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।
विहान ८ः२६ मा ५.३ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
भूकम्पको ध’क्का काठमाडौंमा पनि महसुस गरिएको छ ।
यसअघि आजै विहान ५ बजेर ४२ मिनेटमा पनि सोही ठाउँलाई केन्द्रबिन्दु बनाएर ५.८ रेक्टरस्केलको भूकम्प गएको थियो ।
भूकम्पको धक्का पोखरा, तनहुँ, गोरखा, चितवन, धादिङ, काठमाडौंलगायत क्षेत्रमा पनि महसुश गरिएको छ।
बिहान गएको भूकम्पले लमजुङमा केही मानिस घाइते छन् भने केही घरमा क्ष’ति पुगेका विवरण आएका छन्।