Logo

लमजुङमा भूकम्पले भत्काएका घर (तस्बिरहरू)


काठमाण्डौ-काठमाण्डौमा भर्खरै भुकम्पको ठुलो धक्का महसुस भएको छ ।

बिहानै ५.८ म्याग्निच्युडको भूकम्प, लमजुङ केन्द्रबिन्दुमा गएको हो ।

बिहान ५ बजेर ४२ मिनेटको समयमा एक्कासी झटका दिएको हो ।

काठमाडौं उपत्यका र आसपासका जिल्लामा समेत महशुस गरिएको जनाइएको छ ।

अहिले बिहान ५ बजेर ४२ मिनेटमा काठमाडाैँमा ५.८ म्याग्निच्युडको भूकम्पकाे धक्का गएको हो ।

गण्डकी प्रदेशअन्तर्गत लमजुङ केन्द्र रहेर आज बिहान भूकम्प गएको छ।

लमजुङको भुलभुले, बाँझाखेत आसपास केन्द्र रहेर बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।

भूकम्पको धक्का गोरखा, तनहुँ, धादिङ, काठमाडौं, कास्कीलगायत जिल्लाका बासिन्दाले महसुश गरेका थिए।

जिल्ला प्रशासन कार्यालय लमजुङका प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलका अनुसार भूकम्पले घरको गारो भ’त्किएर एक जना वृद्ध घा’इते भएको जानकारी आएको छ।

भुलभुलेकी ८५ वर्षीया वृद्धा घा’इते भएकी हुन्। उनलाई उपचारका लागि स्थानीय स्वास्थ्य चौकी लगिँदैछ।

भूकम्पले कच्ची घरहरूमा क्षति पुगेका विवरणहरू आइरहेका छन्। केही स्थानमा सुख्खा पहिरो पनि गएको छ।

भूकम्प गएपछि मानिसहरू घरबाहिर निस्केका थिए। घर बाहिर निस्कने क्रममा पनि केही मानिस घाइते छन्।

 

हेर्नुस् तस्बिरहरू सबै तस्बिर स्रोत: जिबी घिमिरे प्रदीपको फेसबुकबाट।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्