Logo

महन्थलाई उपेन्द्रको ‘काउन्टर’पत्र, जसपाको सहमति केहि घण्टामै भाँडियो


काठमाडौँः संयुक्त वक्तव्यमार्फत पार्टी एकताको आह्वान गरेको जनता समाजवादी पार्टी (जसपा)का अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादवको सहमति केहि घण्टाकै अन्तरालमा भाँडिएको छ ।

अध्यक्ष ठाकुरले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन भएको पत्र संसद सचिवालयमा पठाए लगत्तै अर्का अध्यक्ष यादवले काउन्टरपत्र पठाएपछि दुबै अध्यक्षबीचको सहमति भाँडिएको हो ।

अध्यक्ष यादवले अध्यक्ष ठाकुरले संसद सचिवालयमा पठाएको पत्रको काउन्टरमा हालसम्म जसपा दलको नेतामा कोही पनि चयन नभएको उल्लेख गरेका छन्। उनले कार्यकारिणी समितिबाट संसदीय दलको विधान अनुमोदित हुनुपर्नेमा हालसम्म सो नभएको समेत सचिवालयलाई जानकारी गराएका छन् ।

यादवले दलको नेता चयन भनेर सन्चारमाध्यममा आएका प्रचार भ्रमपूर्ण रहेको र कसैले जानकारी दिएकोमा भए त्यसलाई वैधानिकता नदिन समेत भनेका छन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्