Logo

उपनिर्वाचनमा आफ्नो उम्मेदवार खिमलाल देवकोटा – माधव नेपाल


एमाले वरिष्ठ नेता माधव कुमार नेपालले राष्ट्रिय सभाको उपनिर्वाचनमा आफ्नो उम्मेदवार खिमलाल देवकोटा रहेको स्पष्ट पारेका छन्।

राष्ट्रियसभा उपनिर्वाचनका लागि सहयोग माग्न कोटेश्वरस्थित नेपाल निवास पुगेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई आफूले सहयोग गर्न नसक्ने जवाफ दिएका हुन्।

बादलका प्रेस संयोजक किरण भट्टराईले भने नेपालले बादललाई सहयोग गर्ने प्रतिबद्धता गरेको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत भेट सकारात्मक भएको समेत उनले उल्लेख गरेका छन्।

स्रोतका अनुसार बादलले नेपालसँग मतदातालाई विवेकको मत प्रयोग गर्नबाट नरोकिदिनुस् भनेर समेत भनेका थिए।

जवाफमा नेपालले विवेक त मतदाता आफैंले प्रयोग गरिहाल्छन् भनेर भनेका थिए।

अर्कोतिर नेकपा (एमाले)का नेता माधवकुमार नेपाललाई भेटेर गृहमन्त्री तथा राष्ट्रियसभा सदस्यका उमेदवार रामबहादुर थापा ‘बादल’ फर्किएपछि अध्यक्ष केपी शर्मा ओली समूह छलफलमा जुटेको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्