क्रिकेट खेलाडी सन्दीपले कोरोना प्रकोप नियन्त्रणका लागि ३ लाख सहयोग गर्दै सुरु गरे अभियान
काठमाडौँस् नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले कोरोना प्रकोपको दोस्रो लहरले नेपालमा परेको असरलाई रोकथाम नियतन्त्र गर्न अभियान थालेका छन् ।
सन्दीपले सोमबार सामाजिक सञ्जालमार्फत कोष अभियान सुरू गरेको बताएका छन्। अभियानमा ुटिम सन्दीपुको तर्फबाट तीन लाख सहयोग गर्दै सोमबार सुरुवात भएको छ ।
सेञ्चुरी कर्मसियल विकास वैंक लिमिटेडमा खाता खोल्दै सन्दीपले अभियान सुरु गर्ने सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएका छन् ।

उनले संकलित रकमको परादर्शी हुने बताएका छन्। संकलित रकम स्थनीय सरकारसँग समन्वय गर्दै प्राथमिकताका आधारमा सहयोग गर्ने पनि जनाएका छन्। ।
टिम सन्दीपको तर्फबाट ३ लाख सहयोग गर्दै अभियान सुरु भएको छ ।
सन्दीप लामिछानेको नाममा रहेको सेञ्चुरी कर्मसियल बैंक लिमिटेडको खाता नम्बर ०१७००००३५३ मा रकम सहयोग सहयोग गर्न सक्ने सन्दीपले जानकारी दिएका छन् ।



