धनगढीलाई हराउँदै काठमाडौं च्याम्पियन
ठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को उपाधिका त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेल सकिदा काठमाडौंले १-० को अग्रता बनाएको छ । त्यो गोल सँगसङ्गै काठमाण्डौले ट्रपी जितेको छ ।
काठमाडौं रेजर्स एफसीले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलको उपाधि जितेको छ ।
शनिबार भएको फाइनलमा धनगढी एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै काठमाडौं च्याम्पियन बनेको हो ।
खेलको २१ औं मिनेटमा मेसौके ओलोमोउले गोल गर्दै काठमाडौंलाई अग्रता दिलाएका हुन् । विश्वास श्रेष्ठले धनगढीका मिडफिल्डर विशाल राईबाट बल खोस्दै अगाडी बढाएर उपलब्ध गराएको बलमा मेसौकेले उत्कृष्ट गोल गरे ।
यससँगै मेसौकेले लिगमा आफ्नो आठौं गोल पूरा गरेका छन् । उनी प्रतियोगिताको सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा रहेका छन् ।
आज दुबै टिम उपाधि जित्ने लक्ष्यमा रहेका छन् ।
प्रतियोगिताको विजेताले ३५ लाख पाउने छन् । उपविजेता टोलिले १५ लाख पाउने छन् ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीले जनही १ लाख पाउने आयोजकले जनाएको छ ।
त्यस्तै प्रतियोगिताको उत्कृष्ट युवा खेलाडीले १ लाख पाउने छन् ।
नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना गरेको पहिलो संकरणको लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता रहेको थियो ।



