–निनाम कुलुङ ‘मंगले’
कोरोना महामारीको यो ‘महासमर’ जित्नलाई नेपालका मात्रै होइन, विश्वकै मै हुँ भन्ने महामारी रोग विज्ञ, सरुवा रोग विज्ञ, जन स्वास्थ्य विज्ञ, खोप वैज्ञानिक, अध्ययनकर्ता, अनुसन्धानकर्ता आदिलाई पनि ‘नोभेल कोरोनाभाइरस’ अर्थात् (कोभिड–१९) को भाइरसद्धारा सन् २०१९ को डिसेम्बर अन्तिमदेखि सुरु भएको महामारीले हैरान बनाएको छ, सास्ती दिएको, सोच्न वाध्य बनाएको छ । आखिर ‘नोभेल कोरोनाभाइरस’ अर्थात् (कोभिड–१९) को स्थाई उपचार विधि के हुन सक्छ ? तापनि विश्वका महामारी रोग विज्ञ, सरुवा रोग विज्ञ, जन स्वास्थ्य विज्ञ, खोप वैज्ञानिकहरु मिलेर हतार–हतारमा (लगभग ९महिनामा) ‘नोभेल कोरोनाभाइरस’ अर्थात् (कोभिड–१९) को भाइरसविरुद्ध भ्याक्सिन बनाएका छन् । यसले विश्वका धेरै मानिसहरुलाई एक हदसम्म राहत मिलेको छ । तर, फेरि पनि यसको स्थाई उपचार विधि भनेको आखिरमा ‘सामाजिक दुरी कायम गर्नु, मास्क लगाउनु, भीडभाडमा जताभावी नहिँड्नु , घर, कोठा तथा व्यक्तिगत सरसफाईमा ध्यान दिनु’ ताजा तथा तागतिलो खाना खानु आदि नै स्थाई र अचुक ! उपचार विधि मानेका छन्, विज्ञहरुले ।

हुन त चीन सरकार र चिनियाँ जनताहरुले जस्तै नेपाल, भारत, ब्राजिल, अमेरिका आदि देशका सरकार र जनताहरुले पनि ‘नोभेल कोरोनाभाइरस’ अर्थात् (कोभिड–१९) अरु रोगहरु जस्तो रोग होइन, एक त कोरोना महामारी भनेको नयाँ भाइरसमा आधारित सरुवा रोग हो ! भनेर जनताहरु स्वयम् स्वअनुशासनमा बसेको भए वा त्यसरी स्वअनुशासनमा नबस्ने जनताहरुलाई सरकारले नै कडाईका साथ हदैसम्मको ! कारबाही गरेको भए ‘नोभेल कोरोनाभाइरस’ अर्थात् (कोभिड–१९) लेयो हदसम्मको जनधनको क्षति गर्ने थिएन कि ?

तर, यहाँ त जनता भनाउँदा अञ्चिनहरुको त के नै कुरो भयो र ? किनभने नेपाललगायत माथि उल्लेखित देशका सरकार प्रमुख, राजनैतिक दल र तिनका नेताहरुमध्ये कतिले ‘नोभेल कोरोनाभाइरस’ अर्थात् (कोभिड–१९) लाई ‘रुघा–खोकी र प्mलु’बाहेक अरु केही होइन ! भनेका थिए । जस्तै तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र ब्राजिलियन राष्ट्रपति जायेर बोल्सोनारो आदिलाई उदाहरणको रुपष्मा लिन सकिन्छ । मानौं उनीहरुले कोरोनाभाइरसलाई चुनौती दिनका लागि नै ठूल–ठूला चुनावी र्यालीलगयत अन्य र्यालीहरु आयोजना गरेका थिए । अति बढी नै विकशित र शिक्षित भनिएको देशका नेताहरुकै त्यो स्तरको चेतना र बुझाईको भएपछि हामी नेपालीहरु त कुन ड्याङ्का मुला हौं र ? अनि त हामीहरु झन् के कम र ? हामी त झन् वास्तविक रुपमा ज्ञान,विवेक, सिकाई, बुझाई, चेतनाकोस्तर आदिमा केही नभएको खोक्रो नै भए तापनि आफूलाई आफैले सर्वज्ञ ठान्ने प्राणी न पर्यौं ।

तर, हामी साँच्चै स्वविवेकी भएको भए, अथवा आफू भन्दा जान्ने, बुझ्ने र विषय विज्ञहरुले भनेको मान्ने भएको भए, अहिले हाम्रो देशमा दोस्रो लहरको रुपमा चली रहेको कोरोना महामारीको यो महासमर जित्नलाई त्यति गाह्रो हुन्थेन होला कि ? अथवा यसो पनि भन्न सकिन्छ कि, साँच्चै हामी नेपालीहरु स्वविवेकी भएको भए, अथवा आफू भन्दा जान्ने, बुझ्ने  र विषय विज्ञहरुले भनेको मान्ने भएको भए, अहिले हाम्रो देशमा दोस्रो लहरको रुपमा चली रहेको यो कोरोना महामारीको दाण्डव नृत्य देख्नु/हेर्नुपर्ने नै थिएन !

तर, हामी नेपालीहरु स्वविवेकी मात्रै नभएर अति जान्ने, सुन्ने (अजासु) ! नै हौं, सर्वज्ञ नै हौं, सर्वज्ञनानी नै हौं । यो ब्रमाण्डमा हामी नेपालीहरु भन्दा जान्ने, सुन्ने, विवेकी, ज्ञानी, ध्यानी, विनयशील, सहनशील आदि कोही छैन । त्यही भएर हामीहरु आफू भन्दा जान्ने, सुन्ने, बुझ्ने खास गरेर कुनै पनि विषयका विषय विज्ञहरुले भनेको समेत मान्दैनौं ! नत्र भने त कोरोना महामारी फैलिएको लगभग १६/१७ महिना भई सक्यो । तर, पनि हामी मध्ये धेरैले अझै पनि मास्क लगाउँदैनौं । मास्क लगाउँदा वा मास्क लगाउनेले पनि नाक–मुख छोप्ने गरी राम्रोसँग नलगाएर यसो चिउँडो मात्रै छोप्ने गरी लगाउँछौं । मानौं कि, हामीले लगाएको मास्क कसैको वाध्यताका लागि मात्रै हो । बल्लतल्ल पाएको आफनो अमूल्य जीवन बचाउनलाई र आफनो जीवनलाई सुरक्षा प्रदान गर्नका लागि होइन ? आफनो लागि हुँदै होइन !

निषेधाज्ञा वा लकडाउनका कारण कति निमुखा, गरीब दुःखीको बिचल्ली हुने पक्का जस्तै छ । जुन कुरो कुन दिनदेखि नेपालका विभिन्न सञ्चारमाध्यममा समाचारका रुपमा आउन थाल्ने हो ? अहिले नै किटेर भन्न सकिने अवस्था छैन । सरकारले काठमाण्डौ उपत्यकामा जारी गरेको पछिल्लो एक हप्ते निषेधाज्ञा थपेर फेरि दुई हप्ताका लागि थपेको छ ।

अझ हामीमध्ये कतिपयमा त ‘म मधेसको हु्ँ, त्यसैले मलाई कोरोनाले छुँदैन, कोरोना लाग्दैन ! (यस्तो कुरो बाँकेको घटना घट्दासम्म पनि सार्वजनिक यातायातमा भन्ने गरेको सुनिन्थ्यो) भन्ने सर्वज्ञान पनि छ । त्यस्तै म हिमाली हुँ, त्यसैले मलाई कोरोनाको महामारीले भेट दिँदैन, दर्शन गर्दैन ! (यस्तो कुरो गरेकोचाहिँ मैले सार्वजनिक यातायातमा खासै सुनिन) भन्ने अजासुपन पनि छ । माथिकै प्रसंगमा भन्नु पर्दा त्यसरी ‘म मधेसको हु्ँ, मलाई कोरोनाले छुँदैन, कोरोना लाग्दैन वा मधेसको मान्छेलाई कोरोनाको महामारीले केही गर्न सक्दैन भन्नेहरुलाई ‘अनि बाँके कहाँ पर्छ ?, पर्सा कहाँ पर्छ ?, अनि मुम्बई, दिल्ली, चेन्नई, कोलकाता, बेङलुरु, आन्द्र, गुजरात ! आदि कहाँ पर्छ ?, हिमालमा पर्छ ?’ भनी तत्कालै उनीहरुलाई प्रश्न गर्ने गर्थे । विचरा ती अवोध बालक–बालिकेहरु ! उनी पनि हामी नेपालीहरु मध्येकै न हुन् । त्यसैले उनीहरु स्वविवेकी मात्रै नभएर अति जान्ने सुन्ने (अजासु) ! नै भए तापनि, सर्वज्ञ नै भए पनि, सर्वज्ञनानी नै भए पनि ‘तैँ चुप, मै चुप’ हुन्थे । किनभने हामी आम नेपालीहरुम चेतनाको जुन स्तर छ, बुझाईको जुन स्तर छ,उनीहरुको पनि औसतमा त्यही हो । त्यसैले वास्तविकता के हो ?, सत्य, तथ्य के हो ?, जाँच–परख नगरी हचुवाकै भरमा, अथवा लिम्बु भाषामा भन्नु पर्दा ‘मेन्जो–सेन्जो’मै … ‘बिग–टक’ दिई हाल्छन् ।

त्यसैले त अझै पनि हाम्रो देश नेपालका धेरै ठाउँमा ‘तपाईँको मास्क खोई ?’ भनी अभियान चलाएर मास्क बाँड्नु परी रहेको छ, कोही ठाउँमा प्रहरी प्रशासनले ‘नगद जरिवाना ’गराएररै मास्क लगाउनुपर्ने वाध्यता सिर्जना गरिएको छ, कोही ठाउँमा मास्क नलगाई हिँड्नेहरुलाई ‘होल्डमा राखेर’ उनीहरुको पईन हेर्नुपर्ने अवस्था आएको छ । यसरी हामी नेपालीहरुको स्वविवेको मात्रै नभएर अति जान्ने सुन्नेपन (अजासु) !, सर्वज्ञता, सर्वज्ञनानीपनकै हुर्मत लिई रहेका/दिई रहेका छौं । यो ब्रह्माण्डमा हामी नेपालीहरु भन्दा जान्ने, सुन्ने, विवेकी, ज्ञानी, ध्यानी, विनयशील, सहनशील आदि कोही छैन ! छैन भनी जबरजस्ती प्रमाणित गर्न लागी परेका छौं । त्यही भएर हामी नेपालीहरु आफूभन्दा जान्ने, सुन्ने, बुझ्ने खासगरी कुनै पनि विषयका विषय विज्ञहरुले भनेको समेत मान्दैनौं !

यता नेपाल सरकारले पनि सकेसम्म आफनो जनताहरु धेरै भन्दा धेरै बचाउन भनी निषेधाज्ञा वा भनौं लकडाउन गरेको । तर, उही गत वर्ष जस्तै यसपटक पनि सरकारले आप्mना देशका जनताका लागि अत्यावश्यक चिजबिजहरु बिनै जस्तै खान्ते–पिन्ते, अन्य सेवा–सुविधा, औषधो–उपचार, सार्वजनिक यातायात नचलेको अवस्था, राहत प्याकेज व्यवस्थापन बिनाको निषेधाज्ञा वा लकडाउन लागू गरेको अवस्था छ । बिना राहत प्याकेज र सहुलियतको निषेधाज्ञा वा लकडाउनले गर्दा कोही पनि व्यक्ति काम गर्न जान सक्ने अवस्था नभएकोले गर्दा विस्तारै निषेधाज्ञाका कारण धेरै सर्वसाधारण नेपालीहरुले आप्mनो जीवन धान्न ‘आच्छु–आच्छु !’ हुँदै जाने पक्का छ । निषेधाज्ञा वा लकडाउनका कारण कति निमुखा, गरीब दुःखीको बिचल्ली हुने पक्का जस्तै छ । जुन कुरो कुन दिनदेखि नेपालका विभिन्न सञ्चारमाध्यममा समाचारका रुपमा आउन थाल्ने हो ? अहिले नै किटेर भन्न सकिने अवस्था छैन । सरकारले काठमाण्डौ उपत्यकामा जारी गरेको पछिल्लो एक हप्ते निषेधाज्ञा थपेर फेरि दुई हप्ताका लागि थपेको छ ।

उता नेपालका निजी क्षेत्रका अस्पतालहरु भने कोरोनाका बिरामीलाई अक्सिजन सहज ढंगले उपलब्धत नभएका कारण कोरोनाका बिरामीहरु भर्ना गर्न नसक्ने भनी क्षमा याचनासहित विज्ञप्ती जारी गर्न थालेका छन् । यदि कोही कोरोनाका बिरामीहरु भर्ना हुने नै भए अक्सिजन अभावका कारण मृत्यु भई हालेमा अस्पताल जिम्मेवार नहुने भन्ने आशयको कागजमा बिरामीका नातेदार वा आफन्तहरुलाई सही गराएर मात्रै भर्ना लिनथालेका छन् ।

धन्य हामी नेपालीहरु कति स्वविवेकी, कति जान्ने सुन्ने (अजासु) !, कति कति सर्वज्ञ, सर्वज्ञनानी हौं बा ! त्यही भएर ….

नोटःथप केही जान्न चाहेमाः ९८४९९८५९९७, ९८६२४३६०४९

ninamkirat123@gmail.com