Logo

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दिए राजीनामा


काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । उनीमाथि दर्ता भएको अविश्वास प्रस्तावमाथि भोलि मतदान गर्ने कार्यसूची तय भएको छ ।

उनले आइतबार प्रदेश प्रमुख सीताकुमारी पौडेललाई मुख्यमन्त्री पदबाट राजीनामा बुझाएका हुन्।

मुख्यमन्त्री गुरूङले राजीनामा दिएसँगै प्रदेश प्रमुख पौडेलले ३ दिनभित्र नयाँ सरकार गठन गर्न आह्वान गरेकी छन्।

मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव राख्दै नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री प्रस्ताव गर्दै विपक्षी दलहरु कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले अविश्वास प्रस्ताव ल्याएका थिए।

उक्त प्रस्तावमा छलफलपछि मतदान गर्ने कार्यसूची भएकै दिन वैशाख १५ गते सभामुख नेत्रनाथ अधिकारीले संसद अधिवेसन स्थगित गरेका थिए।

उक्त दिन राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही सम्पर्कविहिन भएपछि उक्त दलका सचेतक पियारी थापाले आफ्ना सांसद हराएकाले संसद बैठक स्थगन गरेर शाहीको जीवन रक्षा गर्न र सार्वजनिक गर्न माग गर्दै संसद सचिवालयमा निवेदन दिएकी थिइन्।

मुख्यमन्त्री गुरुङले आइतबार अचानक राजीनामा दिएपछि गण्डकीको राजनीतिले नयाँ मोड लिएको छ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्