Logo

बार्सिलोना र एट्लेटिकोको बराबरी


एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार क्लब बार्सिलोना र एट्लेटिको मड्रिडले बराबरी खेल्दै अंक बाडेका छन् ।

शनिबार राति भएको खेलमा बार्सिलोना र एट्लेटिकोले गोलरहित बराबरी खेलेका छन् ।

बार्सिलोनाको मैदानमा भएको खेलमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् ।

जसको कारण दुबै टोलीले एक एक अंकमा चित्त बुझाएका छन् ।

Image

यस बराबरीसँगै एट्लेटिकोले ३५ खेलमा ७७ अंक जोडेको छ ।

शीर्ष स्थानको एट्लेटिको बार्सिलोना भन्दा २ अंकले मात्र अघि रहेको छ ।

दोस्रो स्थानमा रहेको बार्सिलोनाको ३५ खेलमा ७५ अंक रहेको छ ।

यस बराबरीले तेस्रो स्थानको रियल मड्रिडलाई भने फाईदा गरेको छ ।

साविक विजेता समेत रहेको रियलले ७४ अंक जोडेको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्