Logo

बायर्न लगातार नवौं पटक च्याम्पियन


एजेन्सी । बायर्न म्युनिखले बुन्डेस लिगा फुटबलको उपाधि जितेको छ ।

शनिबार दोस्रो स्थानको आरबी लाइपजिग बोरुसिया डर्टमण्डसँग ३-२ ले पराजित भएपछि बायर्न च्याम्पियन बनेको हो ।

बायर्नले लगातार नवौं पटक बुन्डेस लिगाको उपाधि जितेको हो ।

समग्रमा बायर्नको यो ३० औं  बुन्डेस लिगा उपाधि हो  ।

डर्टमण्डको जितमा जाडोन सान्चोले दुई गोल गरे । मार्को रिउसले एक गोल थपे ।

लाइपजिगका लुकास र डानिल ओल्मोले एक एक गोल फर्काए ।

बायर्न ३१ खेलमा ७१ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

बायर्न दोस्रो स्थानको लाइपजिग भन्दा ७ अंकले अघि रहेको छ ।

दोस्रो स्थानको लाइपजिगले ३२ खेलमा ६४ अंक जोडेको छ ।

डर्टमण्ड ५८ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्