Logo

उपाधिका लागि निर्णायक मानिएको खेल : मेस्सी भर्सेस स्वारेज


थ्लेटिको मड्रिडले उसको पछिल्लो ला लिगाको उपाधि बार्सिलोनालाई क्याप नोउमा हराउँदै जितेको थियो । अब, पुनः बार्सिलोना र एथ्लेटिकोले उपाधिका लागि निर्णायक मानिएको खेलमा एक–अर्काको सामना गर्दैछन् ।

शनिबार राति बार्सिलोनाको मैदान क्याप नाउमा हुने खेललाई पनि अर्को महत्त्काङ्क्षी खेलका रूमा हेरिएको छ ।
लिग लिडर एथ्लेटिको स्पष्ट दुई अङ्कले साविक विजेता रियल मड्रिड र बार्सिलोनाभन्दा अगाडि छ । लिगमा अब चार खेल मात्र बाँकी रहेका कारण यस पटकको ला लिगा रोमाञ्चक बनेको छ । यस्तैमा शीर्ष स्थानको एथ्लेटिकोले तेस्रो स्थानको बार्सिलोनासँग उसैको घरमा खेल्दैछ ।

यस खेलको हार–जितले उपाधि होडमा निकै फरक पार्नेछ । यस खेल बराबरीमा सकिएको अवस्थामा पनि एथ्लेटिकोलाई पर्याप्त हुनसक्छ । तर हार भने निकै महँगो पर्नसक्छ । बराबरी भएमा रियल मड्रिड फाइदामा हुने पनि देखिएको छ ।

अघिल्लो पटक बार्सिलोना र एथ्लेटिको उपाधिकै लागि निर्णायक हुने खेलमा सन् २०१३–१४ को सिजनमा भिडन्तमा उत्रिएका थिए । फाइनल डे मानिएको सो खेलमा एथ्लेटिकोले जित निकाल्दै १८ वर्षपछि पहिलो पटक उपाधि जितेको थियो ।

अब, शनिबार हुने खेललाई पनि धेरैले ‘फाइनल डे’ नाम दिएका छन् । तर यसमा एउटा कुरा भने फरक छ । दोस्रो स्थानमा रहेको रियलले पनि आइतबार राति चौथो स्थानको सेभिल्लासँग प्रतिस्पर्धा गर्दै छ । बार्सिलोनासँग बराबरी अङ्क भएका कारण उक्त खेललाई पनि महत्त्वका साथ हेरिएको छ ।

मेस्सी भर्सेस स्वारेज

यसै सिजन एक पटक एक–अर्काको सामना गर्दा पनि बार्सिलोनाका कप्तान लियोनल मेस्सी र एथ्लेटिकोका खेलाडी लुइस स्वारेजबीच प्रतिस्पर्धा भएन । सिजनको अन्त्यमा क्याप नोउ छोडेर एथ्लेटिको हानिएका स्वारेज बार्सिलोनासँगको खेलमा टोलीमा परेका थिएनन् ।

अब, भने उनी शनिबार हुने खेलमा उपस्थित हुँदैछन् । र, पूर्वसहकर्मी मेस्सीविरुद्ध प्रतिस्पर्धामा उत्रिनेछन् । स्वारेजले सन् २०२०–२१ को सिजन २८ खेलमा १९ गोल गरेका छन् ।

यता, जनवरी यतामात्र मेस्सीले १८ खेल खेल्दै एक पेनाल्टीसहित २१ गोल गरेका छन्, जुन युरोपका शीर्ष पाँच लिगमा अरूभन्दा धेरै हो । यस सिजनको ला लिगामा उनले सर्वाधिक धेरै २१ गोल गरिसकेका छन् । (कोशीअनलाईनबाट)

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्