Logo

बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु


मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेरअघि सुरू भएको बैठकले केही महत्वपूर्ण निर्णय हुनसक्ने बताइएको छ।

आजको बैठकमा वीर अस्पताललाई स्वास्थ्य मन्त्रालयले लिएर कोरोनासँग जुध्नका लागि मुख्य अस्पतालका रूपमा प्रयोग गर्ने निर्णय गरिने उच्च सरकारी स्रोतले जानकारी दिएको छ।

कोभिडको फैलदो संक्रमणसँग जुध्नका लागि सरकारले वीर अस्पताललाई सञ्चालन गर्न लागेको हो।

स्वास्थ्य मन्त्रालयले लिएपछि वीर अस्पतालको नयाँ भवनमा कोभिडका बिरामीको मात्र उपचार गरिनेछ।

आवश्यकता अनुसार वीर अस्पतालमा रहेका ८ सयमध्ये ७०० बेडलाई क्रमशः कोभिड उपचारका लागि प्रयोग गरिने सरकारी तयारी छ।

नयाँ भवनमै कोभिडको ‘वार रूम’ निर्माण हुने र त्यो वाररूमबाट नै कोभिडविरूद्ध लड्न दैनिक संयोजनका काम हुने स्रोतले जानकारी दियो।

स्वास्थ्य मन्त्रालयले यो सम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा पेश गरिसकेको र आजै सो परस्तावबारे मन्त्रिपरिषदले निर्णय गर्ने तयारी गरेको छ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीलाई सम्बोधन गर्ने क्रममासमेत वीर अस्पतालको नयाँ भवनलाई कोभिड अस्पताल बनाउने बताएका थिए।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्