Logo

माधव नेपाल केपी ओलीको पक्षमा विश्वासको मत पुग्न नदिने देउवा सँग हारगुहार गर्दै


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ ।

देउवा निवास बूढानीलकण्ठमा भएको भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने निष्कर्षमा पुगेपछिको परिस्थिति र उनको पक्षमा कसरी विश्वासको मत पुग्न नदिने भन्ने विषयमै छलफल केन्द्रित भएको बताइएको छ ।

नेपाल पुगेको केहीबेरपछि उनीपक्षीय अर्का नेता भीम रावल पनि देउवा निवास पुगेका थिए । उनी सवा ६ बजे देउवा निवास प्रविष्ट भएको सुरक्षा स्रोतले पुष्टि गर्यो ।

यसअघि देउवासँग प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भेटवार्ता गरेका थिए । त्यसको भोलिपल्ट देउवालाई भेट्न नेपाल पुगेका हुन् ।

बुधबार प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी कांग्रेससँग मुखै फोरेर विश्वासको मत मागेका थिए ।

मुलुकको राजनीतिक परिस्थिति तरल बन्दा नेताहरुको दौडधुप चलेको छ ।

यता प्रधानमन्त्री निवास बालुवाटारमा भने मन्त्रिपरिषद् बैठक जारी छ ।

आजको मन्त्रिपरिषद् बैठक नियमित भने पनि महत्त्वपूर्ण निर्णय हुने स्रोत बताउँछ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्