Logo

मास्कलाई पाँच रुपैयाँभन्दा धेरै मूल्यमा बेच्न नपाइने


सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रमा सर्जिकल मास्क प्रतिगोटा पाँच रुपैयाँभन्दा बढीमा बेच्न रोक लगाइएको छ ।

उपमहानगरपालिकाले औषधि पसलहरूमा अनुगमन गरी महामारीका बेला अति आवश्यक मानिएको मास्कमा मूल्य बढाएर नबेच्न दिर्नेशन व्यापराीलाई दिएको हो ।

दुईदेखि तीन रुपैयाँमा खरिद मूल्य रहेको मास्क पाँच रुपैयाँ भन्दा बढी मूल्मा नबेच्न निर्देशन दिइएको उपमहानगरको राजश्व प्रशासन शाखा प्रमुख नविन भट्टराईले जानकारी दिएका छन ।

जिल्ला प्रशासन कार्यालय सुनसरी, उपभोक्ता अधिकारकर्मी, प्रहरी र संचारकर्मी सम्मिलित टोलीले पसलहरूको अनुगमन गर्दा प्रतिगोटा १० रुपियाँमा बेच्ने गरेको पाइएको थियो ।

पाँच ओटा औषधि पसलको अनुगमन गर्दा चार ओटाले सर्जिकल मास्क खरिद गरेको बिल देखाएका थिएनन् ।

अनुगमनमा क्रममा ९० रुपैयाँ खरिद मूल्य रहेको सेनिटाइजर १६५ रुपैयाँमा बिक्री गरेको पाइएको थियो ।

इटहरीको हटिया लाइनका थोक सब्जी पसलहरूको समेत टोलीले अनुगमन गरेको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्