‘गोल्डेन भ्वाइस’ प्रेमध्वज प्रधानको नि’धन
मुन्धुमस्टार
वरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधानको नि’धन भएको छ ।
प्रधानको बिहीबार सुन्धारास्थित काठमाडौं न्यूरो एन्ड जनरल अस्पतालमा उपचारको क्रममा नि’धन भएको हो ।
८४ वर्षीय प्रधानको छातीमा स’मस्या देखिएपछि केही दिन अगाडि उनलाई अस्पतालमा भर्ना गरिएको थियो।
१९९४ सालमा सिन्धुपाल्चोकको चौतारामा जन्म भएको प्रेमध्वजले १६ वर्षकै उमेरमा ‘याद कसैको आइरहन्छ यो अन्धेरी रातमा’ बोलको गीत रेकर्ड गराएका थिए।
उनले सन् १९६५ मा उषा मंगेश्करसँग नेपाली चलचित्र ‘माइतीघर’मा गीत गाएका थिए।
उनलाई नेपाली सांगीतिक क्षेत्रमा ‘गोल्डेन भ्वाइस’ उपनामले पनि चिनिन्छ। उनले ७ सयभन्दा धेरै गीतमा स्वर दिएका छन् ।
प्रधानका यो नेपाली शिर उचाली, पर लैजाऊ फूलहरु, घुम्तीमा नआऊ है, गोरेटो त्यो गाउँको, तिमीलाई अचेल कहाँ भेटौंलगायतका दर्जनौं गीत चर्चित छन् ।



