Logo

पोखरालाई हराउँदै धनगढी शीर्ष स्थानमा, प्लेअफ खेल्ने पक्का


नेपाल सुपर लिगमा धनगढी एफसी फेरि शीर्ष स्थानमा उक्लिएको छ।

बुधबार दशरथ रंगशालामा भएको खेलमा पोखरा थन्डर्सलाई १-० गोलले पराजित गर्दै धनगढी शीर्ष स्थानमा उक्लिएको हो।

धनगढीको जितमा सब्सिच्युट खेलाडी दर्शन गुरुङले गरेको गोल निर्णायक बन्यो।

ओलाडिपो ओलावालेको स्थानमा मैदान प्रवेश गरेका गुरुङले खेलको ६८ मिनेटमा हाफ भलि सर्टमार्फत बललाई जाली चुमाएका हुन्।जारी लिगमा धनगढीको यो तेस्रो जित हो।

धनगढीले ५ खेलबाट १० अंक जोडेको छ। यससँगै धनगढीले प्लेअफ खेल्ने पक्का भएको छ।

शीर्ष चार स्थानमा पुग्ने टिमले प्लेअफ खेल्ने प्रावधानअनुसार धनगढी अन्तिम खेलअघि पाँचौ स्थानको पोखराभन्दा ५ अंकले अघि रहेको छ।

४ खेलबाट ७ अंक जोडेको विराटनगर सिटी एफसी दोस्रो स्थानमा झरेको छ।

तेस्रो स्थानको काठमाडौं रेजर्सको पनि ७ अंक नै छ। चौथो स्थानको बुटवल लुम्बिनी एफसीको ४ अंक छ।

पाँचौ स्थानको पोखरा थन्डर्सले अन्तिम खेलअघि ५ अंक जोडेको छ।

छैटौं स्थानको ललितपुर सिटीको ३ अंक छ भने पुछारको एफसी चितवनको २ अंक छ।

खेलमा धनगढीका कप्तान किरण चेम्जोङ प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार प्राप्त गरे ।

इमर्जिङ प्लेयर अफ दि म्याच धनगढीका अशोक खवास चुनिए । उनले १० हजार प्राप्त गरे ।

यस जितसँगै धनगढीले ५ खेलमा १० अंक जोडेको छ ।

यस जितसँगै धनगढीले प्लेअफमा स्थान पक्का गरेको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्