Logo

प्रधानमन्त्री ओलीलाई कांग्रेसले विश्वासको मत नदिने


प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते विश्वासको मत लिँदा आफूलाई सहयोग गर्न कांग्रेस नेताहरुसँग आग्रह गरेका छन् ।

कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतका अनुसार ओलीले सहयोगको आग्रह गरेका थिए ।

“विश्वासको मतमा कांग्रेसको सहयोगको अपेक्षा गर्दछु भनेर प्रधानमन्त्रीले भन्नुभयो,” महतले भने, “हामी विपक्षी पार्टी हो ।

अहिले हामीले तपाईंलाई सहयोग गर्ने अवस्था छैन भनेर हामीले आफ्नो धारणा राख्यौँ ।”

कांग्रेस नेताहरुले कोरोना खोप खरिद प्रक्रियामा भएका अनियमितता, अध्यादेशमार्फत सरकार चलाउन खोजेको, लुम्बिनी प्रदेशमा भएको घटनाको बारेमा पनि सरकारको ध्यानाकर्षण गराएको थियो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्