Logo

धनगढी र पोखरा भिड्दै, शीर्ष स्थानमा पुग्न


काठमाडौं । पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज एक खेल हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा धनगढी एफसी र पोखरा थण्डर्सबीच प्रतिस्पर्धा हुनेछ ।

खेलमा हार बेहोर्ने टोलीको शीर्ष चारको यात्रा कमजोर बन्नेछ । त्यसैले दुवै टोली स्पष्ट ३ अंकको लक्ष्यमा मैदान उत्रनेछ ।

पोखरा थन्डर्सलाई हराउँदै धनगढी शीर्षस्थानमा उक्लने लक्ष्यमा मैदानमा उत्रनेछ । धनगढी ७ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

धनगढीसँग लिगमा सर्वाधिक गोलकर्ताको शीर्षस्थानमा रहेका नाइजेरियन फरवार्ड ओलावाले ओलाडिपो आफिज, फ्रान्कलिन कुटे टाल्ला, आइकोनिक खेलाडी तथा कप्तान किरण चेम्जोङ, विशाल राई, दिनेश राजवंशी, विवेक बस्नेत, अशोक खवास, निशान खड्का, टंक बस्नेत, पुजन उपरकोटी, दर्शन गुरुङ, युद्ध शाही टोलीमा छन् ।

यस्तै सौजन याख्खा राई, निशान लिम्बु, बुद्ध बल, टेकेन्द्र थापा र निराजन महर्जन टोलीमा रहेका छन् । आफिजले लिगको चार खेलमा चार गोल गरेका छन् ।

पोखरासँग कप्तान तथा मार्की खेलाडी नवयुग श्रेष्ठ, गोलरक्षक दिप कार्की, अजित भण्डारी, पदम मोक्तान, रवि पासवान, नितिन थापा, आयुष घलान, गौतम श्रेष्ठ, प्रविन स्याङ्तान, मान बहादुर तामाङ, दिपक गुरुङ

छन । त्यस्तैगरी अनिल गुरुङ, राजेश परियार, कमल थापा र लगायतका खेलाडी छन् । विदेशी खेलाडीमा मोउसा अब्बा, राफयल रिमगागो र केट्चा यान्निक छन् ।

नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने एनएसएलमा ७ शहरका ७ टोलीको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने लिग १ जेठसम्म सञ्चालन हुनेछ ।

एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।

प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् ।

व्यक्तिगत विधाका सबै उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख रुपैया हात पार्नेछन् ।

यस्तै हरेक खेलको प्लेयर अफ दि म्याचले २५ हजार तथा हरेक खेलको इमर्जिङ प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।

 

जो सर्वाधिक गोलकर्ताको दौडमा छन् –

ओलादिपो ओलावाले आफिज

ओलावाले आफिज घरेलु फुटबलका लागि नयाँ नाम हैन । उनी घरेलु फुटबलका गोल मसिन हुन् । उनी अहिले धनगढी एफसीका खेलाडी बनेका छन् । नाईजेरियाली स्ट्राइकर एनएसएलको जारी प्रतियोगितामा ४ गोल सहित सर्वाधिक गोलकर्ताको दौडमा अघि छन् । उनले ४ खेलमा ४ गोल गरिसकेका छन् । पहिलो खेलमा विराटनगरविरुद्ध उनी चल्न सकेनन् ।

सन्तोष तामाङ

राष्ट्रिय फुटबल टोलीका सदस्य सन्तोष तामाङ जारी एनएसएलमा सर्वाधिक गोल गर्ने खेलाडीको दौडमा छन् । विराटनगर सिटी एफसीको प्रतिनिधित्व गरिरहेका उनले तीन गोल गरेका छन् । त्रिभुवन आर्मी फुटबल क्लबका खेलाडी उनले गरेका तीनै गोल प्रतियोगिताका उत्कृष्ट गोल मानिएको छ ।

पेड्रो जाभियर मान्जी क्रुज

पेड्रो जाभियर मान्जी क्रुज एनएसएलमा आएका विदेशी खेलाडी मध्य सबैभन्दा प्रभावशाली फरवार्ड हुन् । विराटनगर सिटीमा आबद्ध उनले ४ खेल खेल्दा २ गोल गरेका छन् । स्पेनीस नागरिक मान्जीलाई विराटनगरका लागि भारतीय प्रशिक्षक यान ललेनै नेपालसम्म झिकाएका हुन् । मान्जीले बुटबल लुम्बिनी र चितवनविरुद्ध एक–एक गोल गरेका हुन् । दुई गोल उच्चस्तरीय रहेको थियो ।

लक्ष्मण रुचाल

घरेलु लिगमा सन्तुलित प्रदर्शन गर्ने खेलाडीमा पर्छन्, लक्ष्मण रुचाल । फ्रेन्चाईज लिगमा उनले बुटबल लुम्बिनीको प्रतिनिधित्व गरेका छन् । प्रतियोगितामा ४ खेल खेल्दा मिडफिल्डर रुचालले २ गोल गरेका छन् । एनएसएलमा अहिलेसम्म विराटनगरका मान्जी र लक्ष्मणको सामान दुई गोल गरेका छन् । हाल फ्रन्चाईज लिगमा समेत उनको दुई गोल रहेको छ । लक्ष्मणको आफ्नो दोस्रो अर्थात चितवन एफसीविरुद्ध गोल गर्दै प्रतियोगितामा खाता खोलेका हुन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्