Logo

सरकारले किन अष्ट्रेलियाका नेपाली राजदूत महेशराज दाहाललाई फिर्ता बोलाए ?


सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाललाई फिर्ता बोलाएको छ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको हो।

राजदूत दाहालले आफूलाई फिर्ता बोलाउने सरकारको निर्णय भएको मुख्य सचिव शंकरदास बैरागीले  जानकारी दिए।

‘मलाई मुख्य सचिवज्यूले निर्णयबारे जानकारी दिनुभयो, राजदूत दहालले भने, ‘सरकारले निर्णय गरेपछि मान्नैपर्‍यो नि।’

उनलाई गत वर्ष जेठ २५ गते सरकारले राजदूत सिफारिस गरेको थियो। दाहाल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कोटामा राजदूत बनेका हुन्।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्