Logo

डोनाल्ड ट्रम्पको अकाउन्टमाथि लगाइएको प्रतिबन्ध बारे बुधबार अन्तिम निर्णय सुनाइने


वासिङटन – सामाजिक सञ्जाल कम्पनी फेसबुकले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको अकाउन्टमाथि लगाइएको प्रतिबन्ध हटाउने या जारी राख्ने भन्नेबारे बुधबार अन्तिम निर्णय सुनाइने जनाएको छ ।

फेसबुक बोर्डले गत महिना मात्र ट्रम्पको फेसबुक र इस्टाग्राम अकाउन्ट हटाइएकासम्बन्धी सर्वसाधारणबाट ९ हजार बढी प्रतिक्रिया प्राप्त गरेको जनाएको थियो ।

जनवरी ६ का दिन अमेरिकी संसद्मा भएको हिं’सात्मक आ’क्रमणलाई उक्साएको मामिलामा ट्रम्पलाई सबै प्रमुख सामाजिक सञ्जाल ट्विटर, फेसबुक, इस्टाग्राम, युट्युब र स्न्यापच्याटसमेतले सधैँका लागि प्रतिबन्ध लगाएका थिए ।

तर, फेसबुकको निर्णय उल्ट्याउने शक्ति भएको अदालत समान, स्वतन्त्र संघ, ‘ओभरसाइट–बोर्ड’कहाँ यो मु’द्दा पुर्‍याइएको छ ।

त्यस समयमा फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरबर्गले लेखेका थिए, “ट्रम्पलाई हाम्रो सेवाको प्रयोग गर्न दिइरहनुले धेरै ठूलो जो’खिम उत्पन्न गराउन सक्छ ।

” त्यसको केही महिनापछि नै फेसबुकले ओभरसाइट बोर्डलाई ट्रम्पको अकाउन्टसम्बन्धी मामिला गम्भीर भएको भन्दै स्वतन्त्र विश्लेषणका लागि माग गरेको थियो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्