Logo

राष्ट्रिय जनगणना, २०७८ का सबै कार्यक्रम स्थगित


राष्ट्रिय जनगणना, २०७८ का सबै कार्यक्रम स्थगित भएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले जेठ २५ गतेदेखि असार ७ गतेसम्म हुने तय भएको राष्ट्रिय जनगणना, २०७८ का सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोरोना भाइरस महामारीको समयमा घरघरमा पुगेर जनगणना गर्न सम्भव नभएको भन्दै सरकारले स्थगित गरेको बताए ।

यसअघि कोरोना संक्रमण बढेपछि यही वैशाख १६ गतेदेखि सुरु गरिएको गणक र सुपरिवेक्षकहरुको तालिम पनि सरकारले स्थगित गरेको थियो ।

जनगणना सुपरिवेक्षकहरूले जेठ १ देखि घरपरिवार सूचीकरणको काम गर्नुपर्नेमा उनीहरूका परिवारमा कोभिड–१९ देखिएको, कन्ट्याक्ट ट्रेसिङमा परेको तथा आफैं संक्रमित हुन थालेपछि अहिलेलाई तालिम सम्बन्धी सबै क्रियाकलाप कोभिड–१९ नियन्त्रण केन्द्रीय अनुगमन समितिको भेला गर्न नपाउने निर्णय अनुसार रोकिएको हो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्