Logo

शंकर पोखरेलको राजनीतिक जीवन नै समाप्त भयो – ओनसरी घर्ती


नेकपा (माओवादी केन्द्र) का लुम्बिनी प्रदेश अध्यक्ष तथा पूर्व सभामुख ओनसरी घर्तीले लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलप्रति कटाक्ष गरेकी छन् ।

उनले आइतबार फेसबुकमार्फत पोखरेलको राजनीतिक जीवन नै समाप्त भएको टिप्पणी गरेकी हुन् ।

“शंकर पोखरेलको यति छिटो राजनीतिक जीवन अन्त्यको कल्पना गरेको थिइनँ,” उनले फेसबुकमा लेखेकी छिन् ।

आइतबार बिहान मुख्यमन्त्रीबाट राजीनामा दिएका पोखरेलले विपक्षी दलको विरोधकाबीच बेलुकी मुख्यमन्त्रीमा नै सपथ लिएका थिए ।

विपक्षी दलले बहुमत ४२ जना सांसदको हस्ताक्षर गरेर प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादलाई बुझाए पनि पोखरेललाई मुख्यमन्त्री बनाएको भन्दै आप्पति जनाएका छन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्