Logo

अध्यक्ष केपी ओलीले थप तीन सांसदलाई सोध्यो स्पष्टीकरण


नेकपा एमालेले नेता माधव कुमार नेपाल समूहका थप तीन सांसदलाई सांसदलाई स्पष्टीकरण सोधेको छ ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको तर्फबाट वैशाख १६ गते सांसदहरु समिना हुसने,  कलिला खातुन, गंगा चौधरीलाई स्पष्टीकरण सोधेका हुन् ।

समिना हुसेनले भने आफूले स्पष्टीकरणको जवाफ दिइसकेको बताइन् ।

त्यस्‍तै चौधरीले भने आफू मूल पार्टीमा रहेको बताइन् । यसअघि एमालेले नेता माधवकुमार नेपालसहित प्रतिनिधि सभाका २७ र कर्णाली प्रदेशका ५ गरी ३२ सांसदलाई स्पष्टीकरण सोधेको थियो ।

कर्णालीका ४ सांसदलाई एमालेले कारबाही गरिरसेको छ । प्रतिनिधि सभाका सांसदको स्पष्टीकरणबारे उपयुक्त समयमा निर्णय गर्ने एमालेले जनाएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्