Logo

दिल्ली शीर्ष स्थानमा, पन्जाबलाई हरायो


एजेन्सी । दिल्ली क्यापिटल्स ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।

आइतबार राति भएको खेलमा पन्जाब किङ्सलाई ७ विकेटले हराउँदै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो ।

अहमदाबादमा पन्जाबले दिएको १ सय ६७ रनको लक्ष्य दिल्लीले १७ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।

दिल्लीको जितमा शिखर धवनले अविजित रहदै ६९ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै पृथ्वी शले ३९ रन जोड्दा स्टिभ स्मिथले २५ रन बनाए ।

शिम्रोन हिटमायर १६ रनमा अविजित रहदा कप्तान ऋषव पन्तले १४ रन जोडे ।

पन्जाबका क्रिस जोर्डन, रिली मिरिदिथ र हरप्रित ब्रारले ११ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६६ रन बनाएको थियो ।

पन्जाबका लागि कप्तान मायांक अग्रवालले अविजित रहदै ९९ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै डाविड मालनले २६ रन जोड्दा क्रिस गेलले १३ र प्रभसिम्रन सिंहले १२ रन बनाए ।

दिल्लीका कागिसो राबडाले ३ विकेट लिए ।

जितसँगै दिल्लीले ८ खेलमा १२ अंक जोडेको छ । र,दिल्ली शीर्ष स्थानमा उक्लिएको छ ।

पन्जाब ८ खेलमा ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

अंक तालिका : दिल्ली क्यापिटल्स ८ खेलमा ६ मा जित र २ मा हार सहित १२ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । चेन्नई सुपर किंग्स ७ खेलमा ५ जित र २ मा हार सहित १० अंक सहित स्थानमा झरेको छ । रोयल च्यालेन्जर्स बेंगलोर ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंक भएपनि नेट रनरेटको आधारमा तेस्रो स्थानमा छ ।

मुम्बई इन्डियन्स ७ खेलमा ३ मा हार र ४ मा जित सहित ८ अंक बटुल्दै चौथो स्थानमा छ । राजस्थान रोयल्स ७ खेलमा ४ मा हार र ३ मा जित सहित ६ अंकका साथ पाँचौं स्थानमा छ । पन्जाब ८ खेलमा ५ मा हार र ३ मा जित सहित ६ अंक जोड्दै छैटौं स्थानमा छ ।

कोलकाता ७ खेलमा ५ मा हार र २ जित सहित ४ अंकका साथ सातौं स्थानमा छ । सनराइजर्स हैदराबाद ७ खेलमा ६ मा हार र १ मा जित सहित २ अंक जोड्दै पुछारमा छ । दिल्लीले शनिवार कोलकातासँग खेल्ने छ । पन्जाबले विहिबार बेंगलोरसँग खेल्ने छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्