Logo

एमसीसीबारे नहुने हल्ला फिजाइएको,अमेरिकी सेना आउँछ , आउन कसले दिन्छ ? : देउवा


प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे भ्रम फैलाइएको बताएका छन् ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले अमेरिकी सेना आउछ भनेर हल्ला फिजाइएको बताएका हुन् ।

“मेरो पालामा एमसीसी क्याबिनेट डिसिजन गरेर मन्त्रीलाई अमेरिका पठाएको हो । त्यत्रो ठूलो ग्रान्ट हो यो । ब्याज पनि छैन ।

सित्तै दिएको हो नेपाललाई । त्यत्रो सहयोग गरेको छ । अनेक किसिमको भ्रम फैलाएको छ । अमेरिकी सेना आउँछ ? आउन कसले दिन्छ ? भ्रम फैलाउने कुरा,” उनले भने ।

देउवाले एमसीसीबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कुनै सहमति नभएको पनि बताए ।

केही दिनअघि वैकल्पिक सरकारका लागि एमसीसीबारे देउवा र प्रचण्डबीच सहमति भएको खबर बाहिरिएको थियो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्