Logo

स्वास्थ्यका निर्धारित मापदण्डको पालना गर्दै किसानका उत्पादनलाई बजारसम्म लाने वातावरण सिर्जना गर्न आग्रह


अखिल नेपाल किसान महासङ्घले कोभिड–१९ सङ्क्रमणको विषम परिस्थितिमा पनि स्वास्थ्यका निर्धारित मापदण्डको पालना गर्दै किसानका उत्पादनलाई बजारसम्म र बजारबाट कृषिजन्य सामग्री किसानको घरसम्म पु¥याउन आवश्यक रहेको जनाएको छ ।

महासङ्घको स्थापना दिवसका अवसरमा अध्यक्ष डा. प्रेम दङ्गालले आज प्रेस विज्ञप्ति जारी गरी उत्पादनका साधनमा किसानको पहुँच, किसानमाथि हुने गरेका शो’षण र उ’त्पीडन, कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व, कृषि क्षेत्रमा भएको व्यवसायीकरण, कृषि श्रमिकको अवस्थाजस्ता क्षेत्रमा सरकार र सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउनुभएको छ ।

विसं २००८ वैशाख १७ गते तुलसीलाल अमात्यको नेतृत्वमा महासङ्घ गठन भएको थियो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्