Logo

गायक प्रकाश सपुत कोरोना संक्रमित,कोरोनालाई सामान्य नलिन उनको सबैलाई आग्रह


गायक प्रकाश सपुत कोरोना संक्रमित भएका छन् । काठमाडौं मेडिकल कलेज (केएमसी)मा गरिएको परीक्षणमा उनमा संक्रमण देखिएको हो ।

शरीर भारी हुने, टाउको दुख्नेजस्ता समस्यापछि कोरोना परीक्षण गराउँदा उनको रिपोर्ट पोजिटिभ आएको हो । अहिले उनी होमआइसोलेसनमा छन् ।

गायक प्रकाशले सामाजिक सञ्जाल फेसबुकमार्फत पछिल्लो समय उनको सम्पर्कमा रहेकाहरुलाई कोरोना परीक्षण गराउन पनि आग्रह गरेका छन् ।

उनले लेखेका छन्, “एकदमै धेरै शरीर दुख्ने, छटपटी हुने, टाउको भारी हुने, घरीघरी श्वास बढ्ने भएपछि मैले पीसीआर टेस्ट गरेको थिएँ ।

म होमआइसोलेसनमा छु । अवस्था सामान्य छ ।”कोरोनालाई जित्न सकिन्छ भन्ने आत्मबल राखेर अगाडि बढ्नुपर्ने तर यसलाई सामान्य नलिन पनि उनले सबैलाई आग्रह गरेका छन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्