Logo

गण्डकी प्रदेशका सांसद खिम बिक्रम शाहीलाई सरकारले बन्दी बनाएको आरोप


नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गण्डकी प्रदेशमा सांसदलाई सरकारले बन्दी बनाएको आरोप लगाएकाछन् ।

गण्डकी प्रदेशमा जनमोर्चाका सांसद खिम बिक्रम शाही सम्पर्कविहीन भएपछि प्रदेश सरकार विरुद्धको अविश्वास प्रस्ताव नै असफल हुने देखिएकाे छ ।

तर, सम्पर्कविहीन भनिएका सांसद चरक मेमोरियल हस्पिटलको आईसीयूमा भर्ना भएकाे खुलेकाे छ ।

गण्डकी प्रदेशका सांसद खिम बिक्रम शाहीलाई सरकारले बन्दी बनाएको आरोप

“यो हेर्नुस् गण्डकी प्रदेश सांसद खिम बिक्रम शाहीको कोभिड परीक्षण रिपोर्ट !,” प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै शर्माले ट्विटरमा प्रश्न गरेका छन्, “स्वस्थ तन्द्रुस्त मान्छेलाई पृथ्वी चोकको चरक अस्पतालको आइसीयूमा कसैलाई भेट्न नदिएर किन राखिएको छ ?”

उनले उपचारका नाममा कसैलाई बन्दी बनाउन नपाउने भन्दै सत्ताका नाममा संरक्षित गुण्डागर्दी गर्न पाइन्छ भन्दै प्रश्न समेत उठाएका छन् ।

“उपचारका नाममा बन्दी ?,” शर्माले प्रश्न गरेका छन्, “अविश्वासमा मत रोक्ने काममा सत्ता संरक्षित गुण्डागर्दी ?”

संसदमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङकाे अविश्वास प्रस्तावमा सांसदहरूले बोल्ने क्रम जारी हुँदा नै राष्ट्रिय जनमोर्चाका सांसद शाही एकाएक सम्पर्कविहीन भएका थिए ।

उनको खोजी हुँदा अन्तिममा उनलाई पृथ्वी चोकमा रहेको चरक मामोरियल अस्पतालको आइसियूमा कसैलाई पनि भेट्न नदिनेगरी राखिएको पाइएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्