Logo

अन्धाधुन्ध चक्कु आक्रमण हुँदा १६ बच्चा र दुई शिक्षक घा’इते


चीनको एक किन्डरगार्डेनमा बुधबार चक्कु आक्रमण हुँदा १६ जना बच्चा र २ जना शिक्षक घा’इते भएका छन्।

दक्षिणी चीनको गुवाङ्सी स्वशासित क्षेत्रको बेलिऊ शहरस्थित एक किन्डरगार्डेनमा स्थानीय समयअनुसार बुधबार दिउँसो  २ बजे एक युवकले अन्धाधुन्ध चक्कु हानेका थिए।

घा’इते भएकामध्ये २ जना बच्चाहरूको अवस्था ग’म्भीर रहेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्। घाइतेहरू सबैलाई अस्पताल भर्ना गरिएको छ।

चक्कु हान्ने स्थानीय २४ वर्षीय युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

उनले किन बच्चाहरूमाथि चक्कु हानेका हुन् भन्ने खुलिसकेको छैन। प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ।

एजेन्सी,बेइजिङ

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्