Logo

सांसद सम्पर्कविहीन हुँदा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध ल्याइएको अविश्वास प्रस्ताव फेल हुने संकेत


गण्डकी प्रदेशमा निर्णायक देखिएको राष्ट्रिय जनमोर्चाका  सांसद खिमविक्रम शाही अनुपस्थित भएका छन् ।

सांसदको तारन्तारको फोनले उनको मोबाइल अफ छ । कुनै सांसदसँग उनको सम्पर्क छैन ।

उनको दल जनमोर्चा नै गण्डकीमा दुवै पक्षको लागि निर्णायक हो ।

जनमोर्चाको केन्द्रले नै अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

तीन सांसद रहेको जनमोर्चाका दुई सांसद पियारी थापा र कृष्ण थापा भने आजको प्रदेशसभा बैठकमा उपस्थित छन् ।

यदि, आज नै मतदान भयो र खिमविक्रम शाही आइपुगेनन् भने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध ल्याइएको अविश्वास प्रस्ताव फेल हुनेछ र सरकार जोगिनेछ ।

शाही नआउँदा अविश्वासको प्रस्तावको लागि आवश्यक ३१ मत पुग्दैन ।

नेपाली कांग्रेसका १५, नेकपा (माओवादी केन्द्र)का ११, जसपाका दुई गरी २८ सांसदले वैशाख २ गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्