Logo

नेपाल–खनाल समूहको बैठक सुरु


नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल–झलनाथ खनाल समूहको बैठक सुरु भएको छ ।

माधव–खनाल समूहको स्थायी कमिटी बैठक बुधबार (आज) दिउसो कलंकीस्थित एक पार्टी प्यालेसमा सुरु भएको हो ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरी आगामी रणनीती तय गरिने छ।

बिहीबारदेखि निषेधाज्ञा सुरु हुने भएकाले काठमाडौंमा रहेका अधिकांश स्थायी कमिटी सदस्यहरुको सहभागिता रहेको छ ।

एमाभित्रको विवाद उत्कर्षमा पुगेपछि उनीहरुले देशभर समानान्तर कमिटी गठन अभियान थालेका छन्।

समानान्तर कमिटी गठनदेखि प्रदेशमा फ्लो क्रससम्मका घटना भएपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोधेका छन् ।

गतसाता प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीच छलफल भएको थियो। लगातार दुईदिन भएको सो छलफल पछि पनि एमाले विवाद साम्य भएको छैन ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्