Logo

धनगढी एफसी जितको लय समातो, काठमाडौं रेजर्सलाई हरायो


काठमाडौं । धनगढी एफसीले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा पहिलो जित निकालेको छ ।

मंगलबार भएको खेलमा काठमाडौं रेजर्सलाई ३-० गोल अन्तरले पराजित गर्दै धनगढीले पहिलो जित निकालेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा १० खेलाडीमा सिमित धनगढीलाई जित दिलाउन ओलावाले आफिजले दुई गोल गरे । यस्तै टंक बस्नेतले एक गोल गरे ।

काठमाडौंविरुद्ध एकतर्फी जित निकाल्ने क्रममा धनगढीले पहिलो हाफमै तीन गोल गरेको थियो ।

खेलको पहिलो मिनेटमै धनगढीले गोलको अवसर खेर फाल्यो । अनमार्क रहेका दर्शन गुरुङले पेनाल्टी बक्स भित्रबाट फितलो प्रहार गरे । उनको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो ।

खेलको १३ औं मिनेटमा दर्शन गुरुङले अघि बढाएको बल काठमाडौंका कप्तान तथा गोलकिपर विकेश कुथुले आफ्नो क्षेत्र भन्दा बाहिर आएर क्लियर गर्दै गोलको संकट टारेका बचाए ।

तर, खेलको १९ औं मिनेटमा टंक बस्नेतले गोल गर्दै धनगढीलाई सुरुवाती अग्रता दिलाए । टंकले दायाँ तर्फबाट प्रहार गरेको बल पोस्टमा लागेर गोलकिपर विकेशलाई लाग्दै गोल भएको थियो।

खेलको २३ औं मिनेटमा ओलावालेले गोल गर्दै धनगढीलाई २-० को अग्रता दिलाए । मैदानको मध्य भागमा बल अघि बढाएर काठमाडौंका दुई डिफेन्डरलाई बिट गर्दै ओलावाले गोल गरे ।

३४ औं मिनेटमा धनगढीले गोलको अर्को मौका गुमायो । पेनाल्टी क्षेत्र भित्रबाटको ओलावालेको प्रहार काठमाडौंका गोलकिपर विकेशले बचाए ।

खेलको ४१ औं मिनेटमा काठमाडौंका स्टेफेनले गोल गरे । तर, उनको गोल अफसाइड रह्यो ।

पहिलो हाफको थप गरिएको समयमा ओलावाले व्यक्तिगत दोस्रो गोल गर्दै धनगढीलाई ३-० को अग्रता दिलाए । दर्शन गुरुङको क्रसमा ओलावालेले वन टच गोल गरेका हुन् ।

त्यसअघि खेलको १९ मिनेटमा धनगढीले टंक बस्नेतको गोलबाट अग्रता लियो। उनले कर्नर एरिया नजिकबाट दोस्रो बार च्याप्दै हानेको प्रहारलाई काठमाडौंका गोलकिपर  विकेश कुथुले राम्रोसँग ठम्याउन सकेनन्। जसका कारण बल पोलमा ठोक्किएर कुथुको हातमा लाग्दै जाली चुम्यो।

यसअघि आफ्नो पहिलो खेलमा धनगढी पराजित भएको थियो। धनगढीलाई विराटनगर सिटी एफसीले ३-० गोलले पराजित गरेको थियो।

काठमाडौंका गोलकिपर  विकेश कुथुले राम्रोसँग ठम्याउन सकेनन्। जसका कारण बल पोलमा ठोक्किएर कुथुको हातमा लाग्दै जाली चुम्यो।

यसअघि आफ्नो पहिलो खेलमा धनगढी पराजित भएको थियो। धनगढीलाई विराटनगर सिटी एफसीले ३-० गोलले पराजित गरेको थियो।

काठमाडौंले भने पहिलो खेलमा जित हात पारेको थियो। काठमाडौंले शनिबार भएको उद्घाटन खेलमा ललितपुर सिटी एफसीलाई १-० गोलले पराजित गरेको थियो।

एनएसएलमा बुधबार दुई खेल हुँदैछन्। दिउँस साढे २ बजे एफसी चितवन र बुटवल लुम्बिनी एफसी तथा अपरान्ह साढे पाँच बजे विराटनगर सिटी एफसी र पोखरा थन्डर्सबीच खेल हुनेछ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्