बालिका खड्कामाथिको सरकारी दमन बन्द गर ! शेरधन राईलाई छानबिन गर !
बालिका खड्कामाथिको सरकारी दमन बन्द गर !
शेरधन राईलाई छानबिन गर !
उपरोक्त माग अनेमसंघ (क्रन्तिकारी) को हो । महान् जनयुद्धकी एक योद्धा तथा पुनर्गठित अनेमसंघ (क्रान्तिकारी) अध्यक्ष क. बन्दना तामाङद्वारा जारी बिज्ञप्ति र उहाँको मौखिक प्रतिवेदन अनुसार सामाजिक न्यायको दृष्टिले श्री बालिका खड्का पीडित एवं शेरधन राई पी’डक प्रमाणित हुन्छ । सामाजिक न्यायको प्रमाणमध्ये :-
१) नेपाली समाजको विद्यमान अवस्थामा अन्यय र पीडनको सिकार नबनेकी अविवाहित महिला कसैले पनि “फलाना पुरुषले मलाई बलात्कार गर्यो” भनेर सार्वजनिक चिच्याहट गर्दैन र
२) आफु भन्दा २५–३० वर्ष कान्छी उमेरकी जाङमु शेर्पासँग विवाह गर्ने शेरधनको आचरण स्वतः अ’सामाजिक अर्थात छा’डा प्रमाणित छ ।
आधुनिक समाजमा दुई प्रकारका न्याय हुन्छन् : राज्यको न्याय र सामाजिक न्याय । खड्गप्रसाद ओली सरकारमा महिला, खासगरी युवतिहरुप्रति राज्यको न्याय कस्तो छ भनी जान्न निर्मला पन्तको बलात्कारपछि ह’त्याको अपराधलाई राजतन्त्रात्मक पञ्चायतीकालमा अमिता–सुनिता काण्डलाई झै रहस्यको गर्भमा धकल्ने रवैयाले नै स्थित प्रष्ट गर्दछ । यसर्थमा अनेमसंघ (क्रान्तिकारी)ले उठान गरेको श्री बालिका खड्का र शेरधन राईको संदर्भमा सामाजिक न्यायको प्रश्न बस्तुत: विचारणीय ठहर्छ ।
व्यक्तिगत रुपमा शेरधन राई र बालिका खड्कासँग हाम्रो लिनु दिने केही छैन । राजनीतिक रुपमा अ–आफ्ना वैचारिक प्रतिवद्धताका आधारमा जनसमुदायमाझ प्रतिस्पर्धाका निम्ती हामीहरु स्वतन्त्र छौँ । शेरधन जी चरम दक्षिणपन्थी फा’सिवादी ओलीतन्त्रको भरौटे बनिरहेको विषयमा पनि भन्नु केही छैन, जुन उनको स्वतन्त्र छनोटको कुरा भयो । बालिका खड्काबारे राज्यको न्याय र कानूनले के गर्ला, त्यसमा पनि प्रमाण जुटाउने जिम्मा हाम्रो होइन । परन्तु, निर्मला पन्त हुँदै अघि बढेको महिलाहरुमाथिका दर्जनौ व्यभिचारका घटना तथा अपराधीलाई संरक्षण गर्ने ओली सरकार एवं त्यसको एक सारथी शेरधन राईबाट कसुर भएको र राज्यशक्तिको बलमा उक्त अपराध कसुर लुकाउन बालिका खड्कामाथि सरकारी द’मन गरिएको हुन सक्ने अनेमसंघ (क्रान्तिकारी) को विश्लेषणमा स्वतः हाम्रो ऐक्यवद्धत र समर्थन रहन्छ ।
माझकिरातमा चलेको चर्चा अनुसार बालिका खडका नेकपा (एमाले) भित्रकै गुटबन्दीजन्य दाउपेचको सि’कार बनेको हुन सक्छिन् । कृपाशुर शेर्पा र शेरधनबीच एकले अर्काको चिहान खन्ने क्रममा पोल खोलाखोल र भण्डाफोर गरागर गर्दा कमला दर्नालले त झिनो न्याय प्राप्त गरिन्, तर बालिका खड्काको के होला ? यद्यपी शेर्पा र राईबीच ओली गुटको मा’रामार हाम्रो सरोकारको विषय होइन ।
जिम्मेवार माओवादी कर्मनिष्ठको खास सरोकार एकजना अविवाहित महिला, जसले युवा संघमा हुँदा इन्चार्ज शेरधनले आँखा गाढेको, आफूमाथि ज’बरजस्ती गरेको तथा विवाहको बचन दिएर अहिले सडक छाप तुत्लयाएको हुँदा न्याय पाउँ, भन्ने कष्टसाध्य चि’त्तकारमा हो । अझ “जो चोर, उसैको ठूलो स्वर” भने झै न्याय, सुरक्षा र आत्मसम्मानको खोजीमा तड्पीरहेकी बालिका खड्कालाई नै उल्टै प्रहरी खोरमा जाकेर पागल प्रमाणित गर्न उध्यत दमनकारी राज्य संचालकहरुको फाँसिवादी चरित्रसँग हो । यस्तो बेला आवाज उठाउने अनेमसंघ (क्रन्तिकारी) निश्चय नै धन्यवादको पात्र बन्न गएको छ ।
अन्त्यमा, बालिकालाई कसैले उचालेको हुन सक्छ, बीचमा मिलापत्र गरेर अहिले के को तमासा ? भन्ने जस्ता जुन प्रश्नहरु सुनिन्छन्, दलाल तथा नोकरशाही पुरुषवादी सत्ता, त्यसमाथि ओलीतन्त्रमा बिचरा बालिका खड्काले आफ्नै पार्टी नेता भनाउँदा राक्षेशहरुको दबाव कति झेल्नु पर्यो होला ? हो, यहीनिर सामाजिक न्यायको सिद्धान्त मुखर बनेर आउँछ । अतः “ब’लात्कृत भएँ” भनेर एक जना देशको छोरी चिच्याइरहँदा हामी शान्त बाँच्न सक्दैनौ। सके न्याय दिलाउने हो, नसके कम्तिमा पी’डितको पक्षमा बोल्ने हो । बोल्न पनि नसके आफैलाई धिक्कारेर राजनीतिक आत्महत्या गर्ने हो ।
गोपाल किराती



