चितवन एफसी र ललितपुर सिटीबीचको खेल बराबरी
नेपाल सुपर लिग (एनएसएल) मा चितवन एफसी र ललितपुर सिटीबीचको खेल बराबरीमा सकिएको छ।
सोमबार दशरथ रंगशालामा भएको खेल १-१ गोलको बराबरीमा सकिएको हो।
ललितपुरका लागि कमल श्रेष्ठ गोल गरे। श्रेष्ठले खेलको ४९ मिनेटमा डिबक्स बाहिरबाट हानेको लामो क्रसले सिधैं गोलपोस्टको दिशा लिएको थियो ।
नेपाल सुपर लिग (एनएसएल) मा चितवन एफसी र ललितपुर सिटीबीचको खेल बराबरीमा सकिएको छ।
सोमबार दशरथ रंगशालामा भएको खेल १-१ गोलको बराबरीमा सकिएको हो।
ललितपुरका लागि कमल श्रेष्ठ गोल गरे। श्रेष्ठले खेलको ४९ मिनेटमा डिबक्स बाहिरबाट हानेको लामो क्रसले सिधैं गोलपोस्टको दिशा लिएको थियो।
दोस्रोको इन्जुरी टाइममा चितवनले पेनाल्टीबाट बराबरी गोल फर्कायो। डिबक्सभित्र ललितपुरका एरिक बिष्टले ह्यान्ड गरेपछि प्राप्त अवसरमा चितवनका अमित तामाङले बराबरी गोल फर्काए।
त्यसअघि २१ मिनेटमा चितवनका गोलकिपर विशाल सुनारले ललितपुरको पेनाल्टीलाई विफल पारिदिएका थिए।