Logo

ललितपुर र चितवनको पहिलो हाफमा बराबरी


काठमाडौं । पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा अहिले ललितपुर सिटी एफसी र एफसी चितवनबीच प्रतिस्पर्धा भईरहेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा ललितपुर र चितवनले गोलरहित बराबरी खेलेका छन् ।

पहिलो हाफमा ललितपुरले पेनाल्टीमा गोल गर्न सकेन् । खेलको २१ औं मिनेटमा अन्जन विष्टले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहार गोलकिपर विशाल सुनारले बचाए ।

चितवनले पहिलो हाफमा खासै उत्कृष्ट आक्रमण गर्न सकेन ।

आज ललितपुर पहिलो जित निकाल्ने योजनामा हुनेछ ।

उद्घाटन खेलमा ललितपुर काठमाडौं रेजर्ससँग १-० ले स्तब्ध भएको थियो ।

यता, चितवन भने प्रतियोगितामा सुखद सुरुवात गर्न चाहन्छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्