Logo

काठमाडौं उपत्यकामा १६ गतेदेखि निषेधाज्ञा ,के गर्न पाईने के नपाईने ?


काठमाडौं उपत्यकामा १६ गतेदेखि गर्न लागिएको निषेधाज्ञामा सार्वजनिक र निजी यातायातमा जोर–बिजोर लागु हुने भएको छ ।

काठमाडौंसहित उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीच बैठकले जोर–बिजोर लागु गर्ने तय गरेको हो ।

बैठकमा सहभागी एक अधिकारीले भने, “यातायात जोर–बिजोरमा सञ्चालन हुन्छन् । तर बाहिरबाट आउन पाउँदैनन् । अत्यावश्यक सवारी भने आउन पाउनेछन् ।”

खाद्यान्न, फलफूल, तरकारीलगायतका पसल सञ्चालन हुनेछन् । रेष्टुरेन्टहरुले होम डेलिभरी र प्याकिङ गरेर मात्रै बेच्न पाउनेछन् ।

मास्क प्रयोग नगर्नेमाथि कारवाही हुनेछ । अनावश्यक रुपमा निस्कने पैदलयात्रुमाथिसमेत निगरानी राखिनेछ ।

बैंक र सरकारी कार्यालय भने खुल्नेछन् । बैठकमा सहभागी ती अधिकारीका अनुसार अत्यावश्यक र तोकिएका कामबाहेक निस्कनेमाथि कडाइ गरिनेछ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्