Logo

काठमाडौँसहित तीनै जिल्लामा १६ वैशाखदेखि निषेधाज्ञा लगाउने निर्णय


उपत्यकाका काठमाडौँसहित ललितपुर र भक्तपुरमा १६ वैशाखदेखि निषेधाज्ञा लगाउने निर्णय भएको छ ।

कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले सोमबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले साे निर्णय गरेको हो ।

संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले १६ गतेदेखि निषेधाज्ञा लागु गर्न सुझाव दिएपछि तीनै जिल्लाका प्रमुखहरुले गृह सचिव महेश्वर न्यौपानेसँग परामर्श गरेका थिए ।

निषेधाज्ञामा के–के बन्द र के–के खुला गर्ने भन्ने कुरा केहीबेरमा सूचना सार्वजनिक हुँदैछ ।

आइतबार (हिजाे) काठमाडौँसहित उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयका अत्यावश्यक बाहेकका सबै काम एक हप्ताको लागि बन्द हुने निर्णय भएकाे थियाे ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्