Logo

काठमाडौं उपत्यकामा लकडाउन अथवा निषेधाज्ञा ? -काठमाडौं सीडीओ


काठमाडौं उपत्यकामा लकडाउन अथवा निषेधाज्ञा के गर्ने भन्नेबारे छलफल जारी छ ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसहितको बैठकमा दुई मोडालीटीबारे छलफल भइरहेको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले दुई मोडेलमा छलफल जारी रहेको बताए ।

उनले भने,“लकडाउन गर्ने कि निषेधाज्ञा भन्नेबारे छलफल जारी छ । दुई मोडालीटीको ड्राफ्ट तयार भएको छ । तर, के गर्ने भन्नेबारे निर्णयमा पुगिएको छैन् ।”

प्रजिअ पराजुलीले लकडाउन वा निषेधाज्ञा जे भए पनि अत्यावश्यक सेवा नरोकिने तर बैंकिङ क्षेत्रलाई कसरी सञ्चालन गर्ने भन्नेबारे पनि आफूहरु केन्द्रित रहेको बताए ।

यातायात र व्यावसाय पनि छलफलको एजेण्डा बनेका छन् । पराजुलीका अनुसार अझै निस्कर्षमा पुग्न केही समय लाग्नेछ ।

कोरोनाका सक्रिय संक्रमितको संख्या पाँच सय पुगेका जिल्लामा निषेधाज्ञा गर्न सीसीएमसीले निर्णय गरेको थियो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्