Logo

पत्रकार गिरफ्तारको घटनाप्रति प्रेस सेन्टर नेपालको आपत्ति, विनाशर्त रिहा गर्न माग


काठमाण्डौ-समाचार लेखेकै कारण प्रहरीले कार्यालयमै प्रवेश गरी उज्यालो नेटवर्क डटकमका कार्यकारी सम्पादक अनिस तामाङ र महाप्रबन्धक दुर्गालाल तामाङलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रताविरोधी भएको भन्दै प्रेस सेन्टर नेपालले प्रेस बिज्ञप्ति निकालेको छ । साथै प्रहरीले पक्राउ गरेका पत्रकार अनिस तामाङ र महाप्रबन्धक दुर्गालाल तामाङलाई विनाशर्त रिहा गर्न माग समेत गरेको छ ।

प्रेस सेन्टर नेपालको संयोजक सुमन बाङदेलद्वारा हस्तक्षर गरिएको बिज्ञप्तिमा भनिएको छ, ‘प्रेस काउन्सिलमार्फत निरुपण भैसकेको विषय र सम्मानित उच्च अदालतबाट पक्राउ नगर्न अन्तरिम आदेश जारी भैसकेको अवस्थामा उज्यालो नेटवर्कको कार्यालयमा प्रहरीले सो कार्य गर्न अत्यन्तै दुखत कार्य रहेको छ ।’

नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितता गरेको छ । समाचारका विषयमा चित्त नबुझे त्यससम्बन्धी उजुरी लिने र आवश्यक कारबाही गर्ने सम्पूर्ण जिम्मेवारी प्रेस काउन्सिल नेपाललाई रहेको अवस्थामा खडग प्रसाद ओली नेतृत्वको प्रहरिले पत्रकार पक्राउ गर्नु निरङकुश ब्यबस्थाको निरन्तरता रहेको समेत बिज्ञप्तिमा जनाएको छ ।

बिज्ञप्तिमा भनिएको छ, ‘समाचारका विषयलाई लिएर पत्रकारलाई पक्राउ गर्नु, धरपकड गर्नु प्रेस स्वतन्त्रताको ठाडो उ’ल्लङघन र निरंकुशता प्रदर्शन गरेको प्रती प्रेस सेन्टर नेपाल घोर भर्सना गर्दछ । उज्यालो नेटवर्क डटकमका कार्यकारी सम्पादक अनिस तामाङ र महाप्रबन्धक दुर्गालाल तामाङलाई तुरुन्त रिहाई गर्न र नियन्त्रणमा लिईएका क्यामेरा, मोबाइल, कम्प्युटर लगायत सन्चार सामग्री फिर्ता गर्न माग गर्दछ ।’

यस्तो किसिमको कार्य रोक्न आग्रह गर्दे आम श्रमजीवी पत्रकारहरूसहित न्यायप्रेमी जनसमुदायलाई खड्ग प्रसाद ओलीे नेतृत्व सरकारको अ’त्याचारविरुद्व उठ्न प्रेस सेन्टर नेपाल बिषेश अनुरोध समेत बिज्ञप्ति मार्फत गरिएको हो ।

 

बिज्ञप्ति

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्