Logo

केपी ओलीको आह्वानमा बसेको आकस्मिक बैठक बालुवाटारमा जारी


नेकपा एमालेको महाधिवेशन आयोजक समिति (केन्द्रीय समिति)को आकस्मिक बैठक बालुवाटारमा जारी छ ।

आइतबार बसेको एमालेको स्थायी कमिटिको बैठकमा छलफलपछि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आकस्मिक बैठक बालुवाटारमा जारी रहेको छ।

बिहान १० बजे बोलाइएको आयोजक कमिटी बैठक स्थायी कमिटी बसेका कारण निर्धारित समयभन्दा केही समय ढिला शुरू भएको हो ।

स्रोतका अनुसार महाधिवेशन आयोजक समितिका एक सदस्यका अनुसार शनिबार राति ११ बजेतिर आकश्मिक बैठक बस्ने जानकारी गराइएको थियो।

माधव नेपाल पक्षका सांसदहरुसँग सोधिएको स्पष्टीकरणको जवाफबारे निर्णय लिन बैठक बोलाइएको बताइएको छ।

वैशाख ६ गते स्पष्टिकरण सोधिएका २७ मध्ये शुक्रवारसम्म २२ जनाले जवाफ दिएका थिए।

२७ मध्ये २ जनाले मूलधारमा फर्किने भन्दै सकारात्मक जवाफ दिएका छन्।

गत शुक्रबार बसेको महाधिवेशन आयोजक कमिटी बैठकले १९ सदस्यीय स्थायी कमिटी पुर्नगठन गरेको थियो । उक्त कमिटीमा माधव नेपाल समूहलाई समेटिएको छैन्।

माधव नेपाल पक्षका सांसदहरुले केन्द्रमा पनि पार्टी ह्वित उल्लघंन गर्ने खतरा रहेकोले स्पष्टिकरण सोधिएका मध्ये केही सांसदलाई कारबाही गर्ने तयारी रहेको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्