म्युजिकल कलाकर्मिहरुको भलिबल प्रतियोगिता एमएमएस ईन्टरटाईमेन्टले जित्यो
काठमाण्डौ- काठमाण्डौको सामाखुसीमा भएको म्युजिकल कलाकर्मिहरुको भलिबल प्रतियोगितामा एमएमएस ईन्टरटाईमेन्ट प्रा.लिले जितेको छ ।
एक्टिभ ईन्टरटाईमेन्ट प्रा.लिद्वारा आयोजना गरिएको प्रतियोगितामा ‘खेल खेलौ स्वस्थ्य बनौ’ भन्ने मुल नाराको साथ आयोजना भएको थियो । शिक्षाबिद होम कार्की र बरिष्ठ कलाकार उत्तम केसीको हातबाट खेल उद्घाटन भएको थियो ।
गत शनिबार भएको उक्त भलिबल प्रतियोगितामा कोचे नेपाल, एक्टिभ टिम, आयोजक, एमएमएस ईन्टरटाईमेन्ट प्रा.लि टिम ए र बि लगायतको टिम सहभागी थियो । उक्त भलिबल प्रतियोगितामा थुप्रै सर्जक तथा कलाकारहरुको उपस्थिति थियो ।
सगरमाथाको उच्चाई जस्तै भगवान गौतम बुद्धको सालिन्ता जस्तै समृद्धि, खुशी र शान्ती देश निर्माण गरौ भन्ने मुल उद्देश्यका साथ म्युजिकल कलाकर्मिहरुबीच आयोजना गरिएको कुरा कार्यक्रम संयोजक बिजेन्द्र नौबागेले बताए ।
एमएमएस ईन्टरटाईमेन्ट प्रा.लि टिम ए बिजेता बनेको टोलिमा दर्पण राई, सुमन बाङदेल, प्रसन्न रिमाल, डम्बर सिं राई, राजदिप तामाङ, इन्द्र राई रहेको थियो ।

एमएमएस ईन्टरटाईमेन्ट प्रा.लि अध्यक्ष एबम चर्चित गीतकार तथा मोडल दर्पण राईले आजको प्रतियोगिता खेलले मानव शरिरलाई स्वस्थ्य राख्ने हुनाले सहभागी भएको बताए । साथै प्रतियोगीतामा जितेकोले खुशी लागेको समेत बताए ।
उक्त प्रतियोगितामा शिक्षाबिद होम कार्कीको सभापति, सर्जक तथा लायन्स क्लब अफ काठमाडौ सेन्चुरीको अध्यक्ष देबेन्द्र सारु मगरको प्रमुख अतिथि रहेको थियो ।
बिजेता एमएमएस ईन्टरटाईमेन्ट प्रा.लिलाई सभापति र प्रमुख अथितिको हातबाट ट्रफी र प्रमाणपत्र सहित पुरस्कार दिइएको थियो । उक्त प्रतियोगितामा बरिष्ठ कलाकार उत्तम केसी, कलाकार सितल केसी, मोडल शुभम चाम्लिङ लगायत दर्जनौ कलाकार उपस्थित थियो ।





