Logo

धुर्मुस–सुन्तली फाउन्डेसनको रंगशालाको १०१ नम्बरको कुर्सी एनएनआईपीएको नाममा


नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले कलाकार सीताराम कट्टेल (धुर्मुस) अध्यक्ष रहेको धुर्मुस–सुन्तली फाउन्डेसनलाई शुक्रबार १ लाख रुपैयाँ सहयोग गरेको छ।

फाउन्डेसनको पहलमा जनस्तरबाट चितवनको भरतपुर नगरपालिकास्थित रामपुरमा निर्माणधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा राखिने कुर्सी मध्ये १ कुर्सी खरिद गर्दै रंगशाला निर्माणमा सहयोग गर्ने उद्देश्यले एनएनआईपीएले १ लाख रुपैयाँ उपलब्ध गराएको  हो।

फाउन्डेसनले रंगशाला निर्माणमा सहयोग जुटाउने उद्देश्यले केहि समयअघि रंगशालामा राखिने कुर्सी मध्ये १ कुर्सीका लागि सहयोगकर्ताको नाम राख्ने गरी सो अभियान चलाएको थियो।

एनएनआईपीएका अध्यक्ष दीपक श्रेष्ठले १०१ नम्बरको कुर्सी उपलब्ध गराइ दिन आग्रह गर्दै अध्यक्ष कट्टेललाई १ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरे।

एनएनआईपीएले गत फागुन ८ गते आयोजना गरेको अवार्ड कार्यक्रमबाट बचेको रकमबाट उक्त सहयोग फाउन्डेसनलाई उपलब्ध गराएको हो।

एनएनआईपीएले यअसघि पनि फाउन्डेसनलाई सेन्टी भाइरसको प्रिमियर सोबाट वचत भएको रकमबाट ६० हजार रुपैयाँ उपलब्ध गराएको थियो।

अध्यक्ष श्रेष्ठले कुर्सी खरिद गर्ने भन्दा पनि भावनात्मक रुपमा अभियानसंग जोडिन सहयोग गरेको बताउँदै सम्पूर्ण खेल संघका साथै सबैलाई गच्छे अनुसार अभियानलाई सफल बनाउन सहयोग गर्न आग्रह गरे।

 

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्