Logo

प्रदेश २ को नाम ‘मिथिला-भोजपुरा’ हुनुपर्ने भन्दै प्रदेशसभामा प्रस्ताव दर्ता


नेपाली कांग्रेसले प्रदेश २ को नाम ‘मिथिला-भोजपुरा’ हुनुपर्ने भन्दै प्रदेशसभामा प्रस्ताव दर्ता गराएको छ।

बिहीबार कांग्रेसले प्रदेशको नाम ‘मिथिला भोजपुरा’ र राजधानी ‘जनकपुरधाम’ हुनुपर्ने प्रस्ताव दर्ता गराएको प्रदेशसभाका सचिव रंजितकुमार यादवले जानकारी दिए।

कांग्रेसको तर्फबाट प्रदेशसभा सदस्य शिवचन्द्र चौधरीले प्रदेशको नामाकरण ‘मिथिला-भोजपुरा’ हुनुपर्ने भन्दै प्रस्ताव दर्ता गराएका हुन्।

उनको प्रस्तावको प्रदेशसभा सदस्य मन्जु कुमारी यादव र प्रमिला देवी दासले समर्थन गरेकी हुन्।

त्यस्तै, राजधानी जनकपुरधाम हुनुपर्ने भन्दै पार्टीका प्रमुख सचेतक उपेन्द्र प्रसाद कुशवाहाले प्रस्ताव दर्ता गराएका छन्।

उनको समर्थन प्रदेशसभा सदस्य नरेशकुमार यादव र वीरेन्द्र प्रसाद सिंहले गरेका छन्।

कांग्रेसले पछिल्लो पटक समेत प्रदेशको नाम ‘मिथिला-भोजपुरा’ र राजधानी जनकपुरधाम प्रस्ताव दर्ता गराएका थिए।

प्रदेशको राजधानी र नामाकरण पारित गर्नको लागि दुई तिहाइको आवश्यकता रहे पनि कुनै पार्टीसँग दुई तिहाइ छैन।

प्रदेशसभा सचिवालयले आज ३ बजेसम्म प्रदेशको राजधानी र नामाकरणको लागि प्रस्ताव दर्ता गराउन आह्वान गरेको हो।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्