Logo

ओली र नेपालबीच भएको आजको भेटवार्तामा एकता जोगाउने अन्तिम प्रयास


नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र  वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

आन्तरिक विवाद उत्कर्षमा पुगेका वेला आज राजधानीस्थित होटल मेरियटमा अध्यक्ष ओली र नेपालबीच भेटवार्ता भएको हो ।

स्रोतका अनुसार दुवै नेताबीच भेटवार्ताको वातावरण योगेश भट्टराईले गरेका हुन् ।

उनले आज दिउँसो बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई भेटेका थिए।

यो भेटलाई अध्यक्ष ओलीले माधव नेपालसहित २७ सांसदलाई पदमुक्त गर्न प्रक्रिया चाल्दा त्यसलाई रोकेर एकता जोगाउन अन्तिम प्रयासका रूपमा लिइएको छ ।

यसअघि अध्यक्ष ओलीले नेपालसहितका नेतालाई पार्टीबाट निलम्बन गरेका छन्।

साथै, नेता नेपालसहित २७ संघीय सांसद र पाँच प्रदेश सांसदलाई स्पष्टीकरण समेत सोधेका छन् ।

नेपाल समूहले गत फागुन २८ गतेको निर्णय खारेज हुनुपर्ने माग गर्दै आएको छन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्