Logo

माधवकुमार नेपाल समूहले बुझाएको रिट दर्ता भएन


प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अनधिकृत ढंगले पार्टी निर्णय गरेको भन्दै वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले सर्वोच्च अदालतमा बुझाएको रिट आज दर्ता भएन ।

बुधबार ढिला गरेर रिट दर्ता हुन आएकाले दर्ता गर्न नभ्याइएको मुद्दा तथा रिट दर्ता फाँटका सहरजिष्टार बाबुराम दाहालले जानकारी दिए ।

खनाल–नेपाल समूहले पार्टी अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेललाई विपक्षी बनाएर मुद्दा अदालतमा बुझाएका छन् ।

पार्टीका अध्यक्षले सोधेको स्पष्टीकरण र तत्पश्चात् गरिएको कारबाही पत्र पार्टीको विधानविपरीत रहेको बताइएको छ ।

त्यस्तै, फागुन २८ गते गरिएको भनिएको बैठक र त्यसका निर्णयहरु नवौँ राष्ट्रिय महाधिवेशनबाट पारित पार्टी विधानको धारा १३, १३ (क), १४ र ५८ तथा पार्टी नियमावली, २०५७ (२०७२ को संशोधनसहित)को नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक सञ्चालनको कार्यविधि तथा आचारसंहिता, २०७१ को बर्खिलाप रहेको ठहर गरिएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्