Logo

इजलासमा पेशी चढिसकेको सभामुख सापकोटाविरुद्धको मुद्दा स्थगित


सर्वोच्च अदालतको संवैधानिक इजलासमा पेशी चढेको सभामुख अग्नी सापकोटाविरुद्धको मुद्दा हेर्न नभ्याइने भनी स्थगित गरिएको छ ।

बुधवार (आज) संवैधानिक इजलासमा पेशी चढेपनि त्यसभन्दा माथि अन्य मुद्दाहरू पनि रहेका कारणसभामुख अग्नी सापकोटाविरुद्धको मुद्दा हेर्न नभ्याइने भनी स्थगित गरिएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, तथा न्यायाधीशहरु दीपकुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र इश्वरप्रसाद खतिवडा रहेको संवैधानिक इजलासले सापकोटाविरुद्धको मुद्दा हेर्न नभ्याएका हुन् ।

माओवादी सशस्त्र द्व’न्द्वको समयमा काभ्रेका शिक्षक अर्जुन लामाको ह’त्यामा सापकोटाको संलग्नता रहेको आरोपसहित २०६९ सालमा लामाकी श्रीमती पूर्णिमाया लामाले सर्वोच्च अदालतमा मुद्दा दायर गरेकी थिइन्।

मानवअधिकारकर्मी सुशील प्याकुरेल समेतले २०७२ सालमा दायर गरेको मुद्दा पनि संवैधानिक इजलासमा चढेको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्