Logo

पार्टी विभाजनको पक्षमा ओली एक वर्ष अघिदेखि नै रहेको : रामकुमारी झाँक्री


नेकपा (एमाले)को खनाल–नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजनको लागि २७ सांसदहरुलाई स्पष्टीकरण सोधेको निष्कर्ष निकालेको छ ।

ओलीले आज स्पष्टीकरणपत्र थमाएपछि बानेश्वरमा बसेको खनाल–नेपाल समूहको बैठकपश्चात प्रतिक्रिया दिँदै नेत्री रामकुमारी झाँक्रीले पार्टी विभाजनको पक्षमा ओली एक वर्ष अघिदेखि नै रहेको आरोप लगाइन् ।

०७७ वैशाखमा ओलीले अध्यादेश ल्याएर पार्टी विभाजन गर्न खोजेको र त्यसपछि निरन्तर पार्टी विभाजनको पक्षमा रहेको आरोप पनि उनले लगाइन् ।

आज २७ जनाका लागि सोधिएको स्पष्टीकरण पनि त्यसैको उपज भएको उनको भनाइ थियो ।

उनले आफूहरुले दल त्याग नगरेको र नयाँ दल खोल्ने पक्षमा नरहेको पनि जानकारी दिइन् ।

खनाल–नेपाल समूहले ओलीले सोधेको स्पष्टीकरणको व्यक्तिगत जवाफ पनि दिने भएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्