Logo

लुम्बिनी प्रदेशमा मन्त्रिमण्डल हेरफेर, आफूविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका सांसदलाई नै मन्त्री बनाए


लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिमण्डल हेरफेर गरेका छन्।

मुख्यमन्त्री पोखरेलले आफूविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका सांसदलाई मन्त्री बनाएका छन्।

भौतिक पूर्वाधार विकास मन्त्रीमा सन्तोष पाण्डे नियुक्त भएका छन्। यसैगरी, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजय यादव बनेका छन्।

कल्पना पाण्डे शिक्षा तथा सामाजिक, सुमन शर्मा रायमाझी भैतिक पूर्वाधार विकास राज्यमन्त्रीमा नियुक्त भएका छन्।

अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका जसपाका सांसदहरू विजय यादव, सन्तोष पाण्डे, कल्पना पाण्डे र सुमन रायमाझी मन्त्री बनेका हुन्।

लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरूलाई सपथ ग्रहण गराएका छन्।

यसैगरी, राज्यमन्त्रीलाई प्रदेश प्रमुखको उपस्थितिमा मुख्यमन्त्री शंकर पोखरेलले सपथ खुवाएका हुन्।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्