Logo

माधव नेपालले नेपालको इतिहासमै अलोकतान्त्रिक, गैरसंसदीय र अराजक हर्कत गरेको : अध्यक्ष केपी ओली


नेकपा एमालेले माधव नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र कर्णालीमा पाँच सांसदलाई अन्तिम चेतावनीसहितको स्पष्टीकरण सोध्ने भएको छ।

सोमबार बसेको एमाले महाधिवेशन आयोजक कमिटी बैठकले कर्णालीमा ‘फ्लोर क्रस’ गर्ने प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमर थापा, कुर्मराज शाही र देवी ओलीसहित थप २० जनालाई २ दिनको समयसीमासहित अन्तिम स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

उनीहरूले चित्तबुझ्दो स्पष्टीकरण नदिएमा १० गतेको बैठकले कारबाही गर्ने बताइएको छ। कानूनबमोजिम मनासिव माफिकको सफाइ पेस गर्ने मौका दिइएको हो। यस्तै आजको बैठकले राष्ट्रिय प्रतिनिधि परिषदको बैठक साउन २५ देखि २७ गतेसम्म राख्ने निर्णयसमेत गरेको छ।

तत्कालीन नेकपा विभाजनको बेला केपी ओलीपक्षीय नेकपाको केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य मनोनीत भएका सबै केन्द्रीय सदस्यहरू अब नेकपा एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य हुने भएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न एमाले केन्द्रीय महाधिवेशन आयोजक कमिटीको बैठकले पुस ७ गते तत्कालीन नेकपा केन्द्रीय कमिटीमा मनोनित भएका ११ सयभन्दा बढी नयाँ सदस्यहरूलाई एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यमा रुपान्तरित गरेको हो ।

पुस ५ गते प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि पुस ७ गते बालुवाटारमा बसेको ओली अध्यक्षताको बैठकले ४४१ सदस्यीय नेकपा केन्द्रीय कमिटीमा नयाँ सदस्य थप गरी ११ सय ९९ सदस्य कामय गरेको थियो ।

यो परिषदले विधान संशोधन लगायतका निर्णय गर्न पाउँछ । आजको बैठकमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले नेपालको इतिहासमै पहिलोपटक अलोकतान्त्रिक, गैरसंसदीय र अराजक हर्कत गरेको भन्दै यो अपराधमा क्षम्य नहुने  बताएका छन्।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्