Logo

आफ्नो समर्थन नभएपछि प्रधानमन्त्री ओलीले संसदलाई घाँडो ठानेको : माधव कुमार नेपाल


नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले आफुहरुको वि’रोध व्यक्ति बिशेषका लागि नभएर समग्र प्रवृतीको वि’रोध भएको बताउनुभएको छ ।

नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाले सोमबार काठमाडौंमा गरेको नवनिर्वाचित कार्यसमितिलाई पदस्थापन तथा बधाइ कार्यक्रममा नेता नेपालले केहि व्यक्तिमा गलत प्रवृति हावी भएको भन्दै त्यसलाई सुधार गर्नका लागि आफुहरुको विरोध भएको बताउनुभएको हो ।

उहाले आफ्नो समर्थन नभएपछि प्रधानमन्त्री ओलीले संसदलाई घाँडो ठानेको तर्क गर्नुभयो । घरभित्र समर्थन नपाएपछि घरै भत्काउने काम अहिले भएको उहाको भनाइृ छ ।

उहाले गलत कुराको हार र सत्य कुराको जित हुने दावी गर्नुभयो । केपी ओलीलाई प्रधानमन्त्री बनाउन जसले भ¥याङ बनाइदियो उसैलाई सडकमा पु¥याएको उहाले बताउनुभयो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्